काठमाडौं, कात्तिक ५ । कोरोना महामारीकाबीच लिच्छविकालीन पचली आजु भैरव जात्रा सम्पन्न भएको छ । बुधबार पचली आजुको जात्रा पचली पीठबाट टेकु, पुखुसी, इनाखा, गोफ, लगं ज्याबहाः, न्हूघः, चिकंमुगः, मरु हुँदै हनुमानध्वाखा दरबारमा लगेर तान्त्रिकरुपमा पूजा गरिएको छ । साथै, अजिमालाई बलिपूजासमेत गरिएको छ । असोज शुक्ल पञ्चमीको दिन दक्षिण कोलीय ग्राममा मध्यरातमा हुने जात्रा…