९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


स्रष्टा डा. हर्षबहादुर बुढामगरको शालिक अनावरण


0
Shares

भैरहवा, फागुन १३ । कपिलवस्तुको कपिलधाम परिसरमा स्रष्टा डा. हर्षबहादुर बुढामगरको अर्धकदको शालिक अनावरण गरिएको छ ।

नेपाल प्रज्ञापरिषदबाट मान्यता प्राप्त स्रष्टाहरुको शालिक राख्ने क्रममा बुढामगरको दशौं स्मृति दिवसको अवसर पारेर शालिक अनावरण गरिएको हो ।

लाहुरे जीवनमा रहेर पनि औपचारिक शिक्षा हासिल गरी समाजसेवा र साहित्यमा लाग्नु भएका बुढामगरको शालिकको राप्रपा नेता दीपक बोहराले विहिबार अनावरण गर्नुभयो ।

सो धाममा हालसम्म १८ वटा देशका ख्यातिप्राप्त साहित्यिक स्रष्टाको अर्धकद शालिक राखिसकिएको छ भने १ सय ८ वटा शालिक राख्ने लक्ष्य रहेको छ ।