काठमाडौं । आज पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमखालका वर्षा हुने सम्भावना रहेको छ । प्रिमनसुन प्रणाली सक्रिय भएको बेला पश्चिमी वायु समेत प्रवेश गरेकाले यस्तो सम्भावना रहेको मौसमविदले बताएका छन् । शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा असिना पानी पर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद निराजन सापकोटाले बताउनुभयो । पश्चिमी वायु र स्थानीयस्तरको…