ताप्लेजुङ । देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा हिमाली जिल्ला ताप्लेजुङमा पनि संक्रमित बढेका छन् । जिल्लामा कोभिडका सक्रिय संक्रमित १ सय ६ जना रहेको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो । पछिल्लो पटक थप ४८ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित बढेको हो । फुङलिङको तोक्मे क्षेत्रका ५८ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा…