बागलुङ । पछिल्लो समय बागलुङमा आगलागीका घटनाहरु बढ्दै गएका छन् । आगलागीका घटनाहरु बढे पनि नियन्त्रणका लागि यहाँका स्थानीय सरकारसँग कुनै योजना तथा व्यवस्थापन नै छैन । १० स्थानीय तह भएको बागलुङमा बागलुङ नगरपालिकामा मात्रै एउटा दमकल छ । अन्य नौँ स्थानीय तहहरु दमकलविहीन छन् । गत चैत्रमा मात्रै बागलुङ बजारमा तीन ठुला आगलागीका घटना…