काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहान सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको हो। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको हो ।…