Logo २३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026


मकवानपुरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते, चारको अवस्था गम्भीर


0
Shares

काठमाडाैं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, धारा ढोला (खोल्सा)मा सुमो र बोलेरो जीप ठोक्किँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शनिबार (जेठ २३) कुलेखानी–दक्षिणकाली सडकखण्डमा ना१ज ७२०७ नम्बरको सुमो र बीएए ९७६८ नम्बरको बोलेरो एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी बोलेरोका चालकसहित दुवै सवारीसाधनमा सवार १४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

“घाइतेमध्ये चारजनाको अवस्था गम्भीर र १० जनाको अवस्था मध्यम रहेको छ,” प्रहरीले भनेको छ, “सबै घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।”

सुमोका चालकलाई थप अनुसन्धानका निम्ति प्रहरीले नियन्त्रणमा लिएको छ ।