Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


२२ सय ५६ जना सवारीचालक नियम उल्लंघन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा

राज्यकोषमा ४ लाख ९१ हजार ५ सय रूपैयाँ राजस्व संकलन

26
Shares

काठमाडौं । गत २४ घण्टामा २ हजार २ सय ५६ सवारीचालक सवारी नियम उल्लंघन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा ४ लाख ९१ हजार ५ सय राजस्व दाखिला भएको जनाएकाे हाे । मादकपदार्थ सेवन गरेका १ सय ५१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ११, संकेत बत्ती उल्लंघनकर्ता १ सय ४२ र तीव्र गतिमा सवारीसाधन चलाएकाे आराेमा २ सय ३० जनालाई कारबाही गरिएको प्रहरीले बताएकाे छ।

त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३३, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ९३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १ सय १७, एकतर्फी सडकमा सवारी चलाउने १ सय १८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १ सय ६१ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएकाे हाे ।