उदयपुर । खोला तर्ने क्रममा बगाउँदा जिल्लामा एक जनाको मृत्यु भएको छ । अविरल वर्षापछि उर्लिएको बैजनाथ खोला तर्ने क्रममा उदयपुरगढी गाउँपालिका–८ का ५९ वर्षीय कृष्णबहादुर श्रेष्ठको मंगलबार साँझ ७ बजे मृत्यु भएको हो । हुलाक कार्यालय, नरेटारका अतिरिक्त पत्रवाहक कर्मचारी श्रेष्ठलाई नेपालटारबाट उदयपुर गढीको महादेबस्थान घर फर्कने क्रममा खोलाले बगाएको हो । करिब १…