काठमाडाैं । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपाको दूरसञ्चार नजिकै बुधबार भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको प्रहरीले बताएकाे हाे। साेही दुर्घटनामा परी एक जना घाइते भएकाे जनाइएकाे छ। बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२९०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको…