काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)ले बानेश्वरको मुल सडकमा परेको भ्वाङ एक हप्ताभित्र टालिने जनाएको छ । सडक भासिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अनुगमनका लागि त्यहाँ पुग्नुभएका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले तत्काल समस्याको समाधानका लागि पहल भइरहेको बताउँदै आउँदो एक हप्तामै काम सकिने जानकारी दिनुभयो । मंगालको भित्ता भत्किएको र…