काठमाडौं । २०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको कञ्चनपुरको महेन्द्रनगर स्थित मझगाउँ विमानस्थल झण्डै दुई दशकपछि निर्माण कार्य सुरु भएको छ । विमानस्थल निर्माणका लागि ठेक्का प्रक्रिया मार्फत विमानस्थलको धावनमार्ग निर्माण कार्य अगाडि बढेको महेन्द्रनगर विमानस्थल आयोजना सहायक प्रमुख प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले विमानस्थल निर्माणको ठेक्का कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभिले…