काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वरस्थित कोटदेवी मन्दिर नजिकैबाट प्रहरीले तास खेलिरहेका ५ जना जुवाडेलाई सोमबार साँझ पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो । २० बुक ताससहित पाँच जनाबाट ६ लाख ५८ हजार ६३० रुपैयाँ बरामद…