काठमाडौं । नेपालमा गत पाँच महिनामा ३१ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता अनुगमन शाखामा अभिलेख भएअनुसार गत साउन १ गतेदेखि मंसिर मसान्तसम्म गिरफ्तारीका–५, कब्जा/अवरोधका–२, आक्रमणका–२, धम्की/दुव्र्यवहारका–१२ र पेसागत असुरक्षाका–१० घटना रहेका छन् । प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख हेर्दा सबैभन्दा बढी बाग्मती प्रदेशमा १७ वटा घटना भएको…