सिन्धुलीमा ३ जना सवार रहेको मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal


सिन्धुलीमा ३ जना सवार रहेको मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

एक महिला घाइते, चालक भने फरार

325
Shares

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–३ चारघरेमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

३ जना सवार रहेको नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार स्थानीय ६० वर्षीया आइतमाया सार्कीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी सार्कीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी सिर्थौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमै सवार घाइते भएकी दुर्गामाया भुजेलको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय डकाहाले जानकारी दिएको छ ।