जुम्लामा स्वतन्त्रको प्यानलै विजयी « Imagekhabar – Online News Portal of Nepal
१६ असार २०७९, बिहीबार | Thu Jun 30 2022


जुम्लामा स्वतन्त्रको प्यानलै विजयी


195
Shares

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको एउटा वडामा दलित समुदायका स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका छन् ।

कनकासुन्दरी–८ मा वडाध्यक्षमा धनबहादुर कामीसहित उनको नेतृत्वमा उठेका चार जना स्वतन्त्र उम्मेदवारहरू सबै पदमा निर्वाचित भएका हुन् ।

दलित समुदायले उक्त वडामा एकतासहित स्वतन्त्र उम्मेदवारका रूपमा कामीलाई अघि सारेका थिए । धनबहादुरले २८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन् ।

उनका प्रतिद्वन्द्वी कांग्रेसका कप्तानबहादुर शाहीले २२० मत ल्याएका छन् । वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका हुन् ।

दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल निर्वाचित भएकी छन् । महिला सदस्यमा भने कांग्रेसकी रामुदेवी काफ्ले निर्वाचित भएकी छन् ।