काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको जनाएकाे छ।
प्रशासनले चिनियाँ पक्षबाट उक्त ताल फुटेको सूचना आएको जानकारी गराएकाे हाे । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर गरिएकाे छ। छोचेन खोला र पुरेपु त्रिशूली नदी अन्तर्गतका माथिल्ला सहायक नदीको रूपमा चिनिन्छ ।
यी नदीहरू चीनको तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भई बग्ने र नेपाल प्रवेश गरेपछि त्रिशूली नदीका मुख्य स्रोतरशाखा बन्ने गर्छन् । तिब्बतबाट बगेर आउने पुरेपु र छोचेन खोला नेपालको रसुवागढी नजिक प्रवेश गरेपछि भोटेकोशीरत्रिशूली नदी प्रणालीमा गाभिन्छन् ।
बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो । तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान चीनको जलस्रोत मन्त्रालयले गरेको थियो । सम्भावित बाँध फुट्ने जोखिमलाई मध्यनजर राखेर चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेकोको थियो ।
पहिरोका कारण बनेको तालबाट थप बाढीको जोखिम बढेपछि चीनले समेत तिब्बतमा जारी उद्धार अभियानलाई स्थगित गरिएकाे छ।









प्रतिक्रिया दिनुहोस्