काठमाडौं । नेपालमा आएको बाढीको प्रभाव अहिले भारतको सीमावर्ती क्षेत्रमा देखिन थालेको छ।
उत्तर प्रदेशको महाराजगञ्जमा रहेको गण्डक (नारायणी) नदीबाट ४ र कुशीनगरमा ३ जनाको शव निकालिएको हाे।अधिकारीहरूका अनुसार ५ महिला र २ पुरुषको शव फेला परेको छ । नेपालमा आएको बाढीले शव बगाएर भारत पुर्याएको आशंका गरिएको छ।
सशस्त्र सीमा बलको उद्धार टोलीले गस्ती गर्दा नदीमा तैरिरहेको अवस्थामा शव देखेको थियो । टोलीले मोटरबोट प्रयोग गरेर नदीबाट उनीहरूलाई निकालेर महाराजगञ्ज र कुशीनगर जिल्ला सदरमुकाम पठाएको छ । शवको अझै पहिचान हुन नसकेको बीबीसीले जनाएकाे हाे।









प्रतिक्रिया दिनुहोस्