काठमाडौं । सुन्धाराको नामले परिचित नेपालकै कान्छो लुँ हिति संकटमा परेको छ । अर्बौं खर्चेर पुनःनिर्माणको नाममा नयाँ धरहरा बनाइरहँदा सँगै रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको लुँ हिति भने दुराअवस्थामा पुगेको छ । ‘स्वस्तीश्री सम्वत् १८८५ साल मिति फाल्गुण वदि ७ रोज ५ का दिन श्री ५ महारानी ललितत्रिपुरासुन्दरी देवीले धारो बनाई श्रीकृष्णार्पण गर्नुभयो शुभम्’…