काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बिहीबार फोहोरका गाडी ल्याण्डफिल साइट पठाएको छैन् । बिहीबार बिहान केही स्थानमा फोहोर उठाइए पनि सुरक्षा प्रत्याभूति नभएको भन्दै महानगरपालिकाले फोहोरका गाडी नपठाएको हो । बुधबार ल्याण्डफिल्ड साइटका स्थानीयले फोहोर लिएर गएका गाडी तोडफोड गरेपछि महानगरपालिका बिहीबार हच्किएको हो । बुधबारको झडपमा प्रहरीहरू समेत घाइते भएका थिए भने गाडीहरू फोहोर…