काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टीलाई (रास्वपा)लाई चरम अतिवादको शैली अवलम्वन नगर्न चेतावनी दिनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद बजगाईंले रास्वपा सरकारमा जाँदा समेत कांग्रेस परिवारका सदस्यमाथि प्रतिशोध साँध्नुबाहेक केही गर्न नसकेको आरोप छ । उहाँले रास्वपाले देश निर्माणको स्पष्ट योजना देखाउनुको सट्टा राजनीतिक प्रपोगाण्डामा व्यस्त रहेको बताउनुभयो…