Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


स्याङ्जाबाट इ–पासपोर्ट सेवा सुरु

स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विद्युतीय राहदानी (इ–पासपोर्ट)सेवा सुरु गरेको छ । सेवाग्राहीको मागलाई मध्यनजर गर्दै शुक्रबारबाट इ–पासपोर्ट सेवा सुरु गरेको प्रशासन कार्यालयले जनाएको छ । विद्युतीय राहदानीका लागि सेवाग्राहीले अनलाइन फर्म भर्न सक्ने र सजिलै पासपोर्ट लिन सकिने राहदानी विभागको नेटवर्कका इन्जिनियर हेमन्तकुमार शाहले जानकारी दिनुभयो ।