भक्तपुरमा मोटरसाईकललाई ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


भक्तपुरमा मोटरसाईकललाई ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु


325
Shares

काठमाडौं । भक्तपुरको सूर्यविनायकमा ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको प्रहरीले जनाएको छ ।

अर्का एक जनाको सनाखत हुन बाँकी छ । जगातीतर्फ जाँदै गरेकोे मोटरसाइकल र विपरीत दिशाबाट आईरहेको ट्रिपर एक आपसमा ठोकीएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममो मृत्यु भएको हो ।