काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सुरूङमार्गमा पानी पठाएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गर्नुभयो । गत असार १ गते राति आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सुरुङमा प्रतिसेकेण्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।…