काठमाडौं । जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा पहिरोले विद्युत गृह भाँसिदा ज्यान गुमाउने ३ जनाको परिवारलाई गाउँपालिकाले एक लाख रुपैयाँ राहत दिने भएको छ । शनिबार जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्षसहितको टोलीले पहिरो गएको क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । स्थलगत अवलोकनपछि बसेको गाउँ कार्यपालिकाको बैठकले पीडित परिवारलाई एक लाख रुपैयाँ राहत…