८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


पाँच जना साहित्यकारकाे शालिक स्थापना


299
Shares

काठमाडौं । नेपाल भाषा साहित्यका ५ जना साहित्यकारको शालिक स्थापना भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २५ केल टोलमा शालिक स्थापना गरिएको हो । पाँचै जना साहित्यकारकाे शालिक कलाकार महेश तुलाधरले निर्माण गर्नुभएको हो । नेपाल भाषा साहित्यका गद्य गुरू पण्डित निष्ठानन्द बज्राचार्य, महाकवि सिद्धिदास अमात्य, मास्टर जगतसुन्दर मल्ल, कवि योगवीर सिंह कसा र भाषानिभा प्रेमबहादुर कसाको शालिक स्थापना गरिएको हो ।

नासः दबू जीर्णोद्वार समितिको आयोजनामा भएको कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ, बागमती प्रदेशका खानेपानी तथा सिंचाइमन्त्री वसन्त मानन्धर र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले साेही शालिकको संयुक्तरूपमा अनावरण गरिएकाे हाे ।