बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकामा बँदेलको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ३ चोलुका स्थानीय १५ वर्षीय सुकिन्द विष्टको गाउँ नजिकै रहेको डोग्रा–ठाम्रा सामुदायिक वनबाट आएको जंगली बदेँलले आक्रमण गरेको वडाध्यक्ष रामबहादुर वोहोराले जानकारी दिनुभयो । बाख्रा चराउन जङ्गल गएका विष्टको बँदेलको आक्रमणबाट घाइते भएका थिए । उपचार लागि कोल्टी ल्याउँदै…