तेह्रथुम । जिल्लाको छथर गाउँपालिकामा एक व्यक्तिले आफन्तको नाममा २० लाख रुपैयाँको शालिक निर्माण गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर ४ फाक्चामारा हाक्पारामा साँगुडीगढी गाउँपालिका–५ डाँडाबजार घर भएर हाल बेलायतमा रहनुभएका नविनकुमारी इमेहाङ चबेगु र हरीबहादुर चबेगुले शालिक निमार्ण गरेका हुन् ।
नविनकुमारीको स्वर्गीय बुवाआमा चहकमान र हर्करोती सम्बाहाम्फेको स्मृतिमा शालिक तथा पाटी निमार्ण गरिएको व्यवस्थापक मानबहादुर इमेहाङले जानकारी दिनुभयो । शालिकको एक कार्यक्रमकाबीच अनावरणसमेत गरिएको छ ।
शालिक अनावरण कार्यक्रममा छथर गाउँपलिका–४ फक्चामारा हक्पारामा रहेका जलकन्या आधाभुत विद्यालय र सिद्धगेणश माध्यमिक विद्यालयमा एक लाख ५० हजारको दरले स्वर्गीय चहकमानहर्करोती छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ ।
अक्षयकोषको व्याजबाट वार्षिक बसन्तपञ्चमीको दिन आर्थिक रूपमा कमजोर असहयता तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्