रौतहट । जिल्लाको ईशनाथ नगरपालिका वडा नम्वर ९ लौतनाकी शव भेटिएकी किशाेरीकाे हत्या भएकाे आशंका गरिएकाे छ । गाउँ नजिकैको गहुँबालीमा घाटीमा शलले बेरेको अवस्थामा शव भेटिएकाे १९ वर्षीया चाँदनी खातुनको हत्याकाे भएकाे हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ईशनाथ नगरपालिका–७ घिउरा निवासी २२ वर्षीय फैयादसँग विवाह गरेकी उनी केही समयदेखि माइतीमै बस्दै…