काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका कारण सेवा सङ्कुचन गरेको काठमाडौं जिल्ला अदालतले फागुन १ गतेदेखि सम्पूर्ण सेवा पुनः सुरु हुने भएको छ । शुक्रबार बसेको अदालतको पूर्ण बैठकले कोरोना संक्रमणको अवस्थामा सुधार आएको भन्दै रोक लगाइएका गरिएका सम्पूर्ण सेवाहरू फागुन १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिनुभयो । साथै बैठकले…