Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


मोरङमा कन्टेनरभित्र एक पुरुषको शव भेटियो

काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ । पूर्वपश्चिम लोकमार्गमा पर्ने सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा रोकिराखेको कन्टेनरभित्र अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो । चार दिनदेखि सडक किनारमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको चालकसँगैको सिटमा शव भेटिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन…