सोलुखुम्बु । जिल्लामा १८ हजार मतदाता बढेका छन् । २०७४ सालको निर्वाचनमा ६१ हजार ८४५ मतदाता रहेकोमा १८ हजार ३८६ मतदाता थपिएसँगै जिल्लामा कुल मतदाता ८० हजार २३१ पुगेको छ । यो संख्या दाबी विरोधका लागि निर्वाचन आयोगमा पेश गरिएको छ । जिल्लामा १३६ मतदान केन्द्र छन् भने १२२ मतदान स्थल निर्धारण गरिएको छ ।…