काठमाडौं । व्यंग्यचेतको जीवन्त नमूना मानिने कार्टुन क्याक्टसको प्रतिबिम्ब हो । जसको आङभरि काँडा र मरुभूमिमा पनि जीवनको आशा जीवित राख्ने विश्वास गरिन्छ । छापाका लाखौं शब्दलाई एउटा रोचक कार्टुनले प्रतिनिधित्व गर्दछ । समाचार विवरण हो भने कार्टुन मिसाइल । नेपालका कार्टुन कलाका बादशाहरूले कोरेका कार्टुन यतिबेला सामाजिक विकृति र विसंगति विरुद्ध खबरदारी गरिरहेका छन्…