काठमाडौं । पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिंचाइ अभावका कारण असार मसान्तसम्म बागमती प्रदेशमा ४३ प्रतिशत मात्र धान रोपाइँ भएको छ । प्रदेशअन्तर्गतको १३ जिल्लामा ५१ हजार ४ सय हेक्टर खेतीयोग्य जमिनमा रोपाइँ भएको प्रादेशिक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रदेशका अधिकांश पहाडी जिल्लाका क्षेत्रमा आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने…