१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सुरक्षित शहरीकरणका लागि नीतिगत हस्तक्षेप


26
Shares

काठमाडाैं । विकासका नाममा हुने अव्यवस्थित शहरीकरणको नियन्त्रणका लागि नीतिगत हस्तक्षेप गर्न विज्ञहरुले सुझाव दिएका छन् । सुरक्षित शरणीकरण र विपद्मैत्री मानव विकासका लागि नीतिगत हस्तक्षेप गर्नुपर्नेमा उनीहरुको जोड छ ।

भविष्यमा निम्त्याउनसक्ने विपद् न्युनिकरणका लागि सम्भावित जोखिमको पूर्वानुमान सहितको योजना बिस्तारमा आजैदेखि लाग्नुपर्नेमा विज्ञहरुले सरकारलाई सचेत गराएका छन् ।

शहरणीकरणलाई व्यवस्थित बनाउने र भविष्यकका शहरलाई सुरक्षित पार्ने दुवै चुनौति नेपाललाई रहेको विज्ञहरुको भनाइ छ । अन्य मुलुकका शहरहरु व्यवस्थित भएकाले भविष्यका शहरलाई सुरक्षित बनाउने चुनौति मात्रै रहेको तर नेपालका शहरहरु व्यवस्थित नभएकाले दोहोरो चुनौति रहेको उनीहरुको तर्क छ ।

भोलिको शहर परियोजना अध्ययनमा सहभागी बेलायतस्थित इडिबर्ग विश्वविद्यालयका प्राध्यापक डाक्कटर मार्क पेलिङ्गले विपद्मैत्री मानवविकास र भोलिको सुरक्षित शहरका लागि आजै विपद् पूर्वानुमानसहितको योजना र नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

५ दिनसम्म चलेको शहरीकरण सम्बन्धी सम्मेलनमा नेपाल लगायत टर्की, केन्या, इक्वेडर र बेलायतका ९० वैज्ञानिकहरु सहभागी थिए ।