निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लियो « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लियो


१८ कार्तिक २०७९, शुक्रबार १६:०२

43.81k
Shares

काठमाडौं । बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार सम्मेलन गर्न भन्दै बालुवाटार पुगेकी निहारिकालाई केहिवेर अघि नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउनु भयाे ।

उहाँका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्छु भन्दै पुगेपछि नियन्त्रणमा निहारिकालाई लिइएको हाे ।

आफूलाई कुमारी आमा बताउने राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उनी अनशन बसेकी थिइन् ।