Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


यात्रामा सतर्कता अपनाउन यातायात व्यवसायी महासंघको आह्वान


0
Shares

काठमाडौं ।
यातायात व्यवसायीहरुले भोलि बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न / नगराउन आह्वान गरेका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यावसायी महासंघले विज्ञप्ति जारी गर्दै आफ्ना सदस्य यातायात ब्यावसायीहरुलाई असोज ८ गते बिहीबारदेखि असोज १२ गतेसम्म यातायात सेवा सञ्चालन गर्नु अघि मौसम र बाटोको अवस्थाबारे अनिवार्य जानकारी लिन आह्वान गरेको हो ।

अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न र रातिको समयमा पनि यात्रा नगर्न महासंघले आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आह्वान अनुसार महासंघले आफ्ना सदस्यहरुलाई सचेत गराएको हो ।

मौसमविद्हरुले न्युन चापीय वायु प्रणाली नेपाल प्रवेश गरिसकेकाले असोज ८ देखि १२ सम्मको अवधिमा देशभर ठूलो वर्षा हुनसक्ने भन्दै आवश्यक सतर्कताका लागि सचेत गराएका छन् ।