तेह्रथुममा जलवायु तथा अनुकुलन न्युनिकरण कार्ययोजना सम्बन्धी प्रशिक्षण « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


तेह्रथुममा जलवायु तथा अनुकुलन न्युनिकरण कार्ययोजना सम्बन्धी प्रशिक्षण


39
Shares

तेह्रथुम । तेह्रथुममा जलवायु तथा अनुकुलन न्युनिकरण कार्ययोजना सम्बन्धी प्रशिक्षण दिइएको छ ।

प्रशिक्षणमा सामुदायिक वन उपभोक्ता समतिलाई जलवायु परिर्वतन, समस्या र निराकरणको विषयमा जानकारी गराईएको हो । जिल्लाको ६ पालिकाहरूमध्ये ५ वटा पालिकाहरूमा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नम्बर १ ले प्रशिक्षण दिँदै आएको छ ।

जलवायु परिर्वतन न्युनिकरणका लागि सामुदायिक वन उपभोत्ता समुहको भूमिकाको विषयमा प्रशिक्षण दिइएको सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नम्बर १ का अध्यक्ष तुलसी संग्रौलाले बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नम्बर १ ले तेह्रथुम, ताप्लेजुङ र संखुवसभालाई कार्यक्षेत्र बनाएर कार्य गर्दै आएको छ ।

सामुदायिक वन उपभोत्ता महासंघले जलवायु न्युनिकरणका लागी हरियाली बढाउने इन्धन उपयोग र आपूर्तिलाई कम गर्ने साथै जिवीको पार्जन सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।