सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिका–६ बाशेश्वरको हैबारस्थित अक्करे भीरमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । पहिरो निरन्तर झरिरहेकाले यात्रुवाहक तथा मालवाहक सवारी आवतजावतमा समस्या भएको हो । सडक अवरुद्ध भएपछि राजमार्गमा सवारीको लामो लाइन लागेको छ । सडक विभागको डोजर प्रयोग गरेर सडक पन्छाएपछि सवारीलाई गन्तव्यमा पठाइने इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ…