सुनसरीमा बिस्थापितहरु घर फर्कन थाले « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


सुनसरीमा बिस्थापितहरु घर फर्कन थाले


13
Shares

सुनसरी । वर्षात रोकिएसँगै सुनसरीको अबस्था सामान्य भएको छ । बाढिका कारण भएका बस्तीको पानी निकास र सुक्न थालेपछी सुनसरीको डुबान क्षेत्रको अबस्था सामान्य भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले बताउनुभयो ।

सुनसरीमा बाढिका कारण एक हजार घरपरिवार डुबानमा परेका थिए भने तीन सय घर परिवार बिस्थापित भएका थिए ।

बर्षात रोकिएसँगै बिस्थापित परिवारलाई घर फर्काउन थालिएको प्रमुख जिल्ला अधिकारी यादबले जानकारी गराउनुभयो । उहाँले घरबार बिहिन भएकाहरुलाई आवश्यक राहतको ब्यबस्थापन गरि पुनर्स्थापित गर्ने पहल भैरहेको बताउनुभयो ।

डुबानमा परेकाहरुलाई रेडक्रस लगायतका संघसस्थाले कुनै प्रकारको सहयोग नगरेको पीडितहरुको गुनासो छ ।