सिन्धुलीमा पहिरो, मध्यपहाडी राजमार्गमा सवारीसाधनको लाइन « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


सिन्धुलीमा पहिरो, मध्यपहाडी राजमार्गमा सवारीसाधनको लाइन


390
Shares

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिका–६ बाशेश्वरको हैबारस्थित अक्करे भीरमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ ।

पहिरो निरन्तर झरिरहेकाले यात्रुवाहक तथा मालवाहक सवारी आवतजावतमा समस्या भएको हो । सडक अवरुद्ध भएपछि राजमार्गमा सवारीको लामो लाइन लागेको छ ।

सडक विभागको डोजर प्रयोग गरेर सडक पन्छाएपछि सवारीलाई गन्तव्यमा पठाइने इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । सडक अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुबाट काठमाडौं ओहोरदोहोर गर्ने यात्रु मारमा परेका छन् ।