Logo ३ कार्तिक २०८३, मंगलबार | Wed Oct 21 2026


बाजुरामा ५.९ म्याग्नेच्युडको भूकम्प

काठमाडौं । सुदूरपश्चिममा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।