काठमाडौं । स्थानीय निर्वाचन चलिरहँदा सुर्खेतमा भारी वर्षा भएको छ । भारी वर्षासँगै मतदान केही समयका लागि रोकिएको छ भने मतदानस्थलमा पुगेका मतदाताहरू पनि घर फर्किएका छन् । जिल्लामा २५ देखि ३० प्रतिशतसम्म मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान रोकिएपछि मतदान प्रक्रिया पुनः सुचारु गराइनेछ ।