२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बाढीको सूचना दिन हेरालु परिचालन


169
Shares

काठमाडौं । म्याग्दीमा भएका प्रमुख नदीहरुमा बाढीको बारेमा सूचना प्रवाह गर्न हेरालु परिचालन गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा वर्षामा आउने बाढीको बारेमा सूचना दिनका लागि स्थानीय तहहरूले हेरालुको व्यवस्था गरेका छन् ।

वर्षाको अवधिभरका लागि तटीय क्षेत्रमा बाढीको अवस्थाको बारेमा नियमित जानकारी गराउन छ वटा स्थानीय तहमा एक/एक जना हेरालु परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

हेरालुले स्थानीय तह, जिल्ला प्रहरी कार्यालय र जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा नदीमा बाढीको अवस्थाको बारेमा जानकारी गराउनेछन् ।