पाल्पा । शहरी विकास मन्त्री मेटमणी चौधरीले काठमाडौंको फोहोर स्थायी रूपमा समाधानको बाटोमा गएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । काठमाडौं उपत्यकालाई सधै फोहोर बनाउने र झगडा गराउने एउटा शक्तिशाली गिरोह सक्रिय रहेको पनि उहाँले बताउनुभयाे। उक्त गिरोहले विभिन्न नाममा महानगरबाट वर्षेनी फोहोरको…