काठमाडौँ । ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेल रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई १ लाख घुससहित पक्राउ गरेको हो। उनले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस मगेको उजुरी अख्तियारमा परेको थियो । योपछि खटिएको टोलीले…