
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त आईजीपी बसन्त कुँवरलाई बधाई दिनुभएकाे छ ।
प्रधानमन्त्री दाहालले कुँवरलाई आइजीपीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री कार्यालयमा बधाई दिनुभएकाे हाे ।
त्यसैक्रममा आजैबाट अवकाश हुन लागेका आइजीपी धिरजप्रताप सिंहलाई धन्यवाद समेत व्यक्त गर्नुभएकाे छ ।
तीन दिनअघि मात्रै एआईजीपमा बढुवा भएका कुँवरलाई आज सरकारले नेपाल प्रहरीको आईजीपीमा नियुक्त गरेकाे हाे ।
वर्तमान आईजीपी सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउनु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्