
काठमाडाैं । कञ्चनपुर पुनर्वासकी एक महिलाको बाघको आक्रमणवाट मृत्यु भएको छ ।
नेपाल–भारत सीमामा रहेको भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।
आज बिहान दुधुवा नेशनल पार्कमा घाँस काट्न जाँदा सार्कीमाथि बाघले आक्रमण गरेको थियो । उनीसँगै गएका अन्य भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्