२० जेष्ठ २०८०, शनिबार | Sat Jun 3 2023


नेपाल प्रहरीको ३० औं आईजीपीमा कुँवर नियुक्त


2.21k
Shares

काठमाडाैं । काठमाडौं । सरकारले नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक (आईजीपी) मा वसन्त बहादुर कुँवरलाई नियुक्त गरेको छ ।

शुक्रबार बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा कुँवरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले इमेज खबरले बताउनु भयाे हो ।

कुँवरले आइतबारदेखि कार्यभार सम्हाल्नेछन् । वर्तमान आईजीपी धिरज प्रताप सिंहले आज मध्यरातबाट अनिवार्य अवकाश पाउन लागेपछि सरकारले आजै नयाँ आईजीपी नियुक्ति गरेकाे हाे ।

आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए । तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।

हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।