Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले समाजवाद निर्माण हुँदैन : सांसद राई

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले समाजवाद निर्माण नहुने बताउनुभएको छ । शुक्रबारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद राईले निजी क्षेत्रलाई बेवास्ता नभई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले समाजवाद निर्माणको लागि सार्वजनिक क्षेत्रहरूलाई नै बढी…